तनहुँ–१ मा नेकपा माओवादी केन्द्रको दावी

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १२

वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा नेकपा माओवादी केन्द्रले दावी गरेको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला सहितको बन्दीपुरमा बसेको बैठकले तनहुँ–१ को रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा दावी गरेको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादीसँगको गठबन्धनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भई हाल राष्ट्रपति बनेकाले अब उक्त क्षेत्रमा माओवादीले दावी गर्ने माओवादी केन्द्र बन्दीपुरका नेता पूर्णसिं थापाले बताए । “उम्मेदवार बन्न माओवादीमा
थुप्रै नेताहरु योग्य हुनुहुन्छ, यो क्षेत्र हामीले पाउनुपर्छ भनेर पार्टीका शीर्ष नेतृत्वसँग कुरा गर्छौ,” उनले भने ।

काङ्ग्रेसले जितेको क्षेत्रमा माओवादीलाई काङ्ग्रेसले छाड्ला त भन्ने प्रश्नमा थापाले भने, “दिने नदिने भन्ने पछिको कुरा हो । तर हामी
तयारीसाथ अगाडी बढ्यौ ।’’ माओवादी केन्द्रले सम्भावित उम्मेदवारको लिष्ट समेत तयार गरेको छ । पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम
ढकाल, केन्द्रीय सदस्य ओमकुमारी पौडेल, वैकल्पिक सदस्य हेमराज लामिछाने, गीता शाही, सूर्य गौली, भिम राना र पूर्णसिं थापामध्ये एकलाई
उम्मेदवार बनाउने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले