खानेपानीको ट्यांकीमा भेटिएको शवको पहिचान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १२

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्यांकीमा भेटिएको शवको पहिचान भएको छ । प्रहरीका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठको रहेको छ । श्रेष्ठका आफन्तले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए ।

‘श्रेष्ठ गत फागुन महिनाबाट नै घरबाट हराएको भन्दै उनका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निबेदन दिएका रहेछन्’ प्रहरी निरिक्षक शर्माले भने ‘ट्यांकीबाट शव निकालेपछि उनका आफन्तलाई बोलाएपछि उनीहरुले शवको पहिचान गरे ।’

पृथ्वी राजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानी उपभोक्ता समितिको ट्यांकीमा आईतबार बिहान शव भेटिएको थियो । मनहरी क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएका थिए ।

उपभोक्ताको गुनसोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकीको ढकनी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए । ‘दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौँ’, मल्लले भने ।

शवको प्रकृति हेर्दा संकाश्पद रहेको प्रहरी निरिक्षक शर्माले बताए । शवलाई पोेष्टमार्टमकोलागि दमौली अस्पतालमा पठाईएको र घटनाको बारेमा उजुरी लिएर अनुसन्धान सुरु गरिएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र