तनहुँ जिल्लाको विकासकोलागि मेरो जित अनिवार्यः उम्मेदबार खनाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, बैशाख ४

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनालले तनहुँ जिल्लाको विकासको लागि आफ्नो बिजय अनिवार्य भएको बताएका छन् । देवघाट गाउँपालिकामा आयोजित बृहत चुनावी सभामा बोल्दै खनालले आफु तनहुँको विकास र समृद्धीको नेतृत्व गर्न उम्मेदबार भएको भन्दै एक पटक आफुलाई मौका दिन अनुरोध गरे ।

आफु गफमा भन्दा काममा बढि विश्वास गर्ने भन्दै खनालले अहिलेसम्म आफुलाई प्राप्त हरेक जिम्मेबारी कुशलता र सफलतापुर्वक पुरा गरेको दावी गरे । तिनदशक नेपाल प्रहरीमा रहँदा र करिब २२ महिना प्रहरी संगठनको नेतृत्वमा रहँदा प्रहरी संगठनलाई सबैभन्दा उत्कृष्ट संगठन बनाएको खनालले दावी गरे । अव पनि तनहुँको जनप्रतिनिधिको रुपमा यस अघिका जनप्रतिनिधि भन्दा धेरै उत्कृष्ट काम गर्ने उनले दाबी गरे ।

खनालले धार्मिक आस्थालाई जनताको खुसीसँग र धार्मिक स्थलहरुलाई मुलुकको समृद्धीसँग जोड्न सकिने भन्दै देवघाटलाई नेपालकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने र त्यसकोलागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए ।

राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले