‘रास्वपाको भन्दा काँग्रेसको सभा फितलो’

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

मंगलबार नेपाली काँग्रेस लगायत पाँच दलिय सत्ता गठबन्धनले दमौलीमा आयोजना गरेको चुनावी सभा गत आईतबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको भन्दा निकै सानो र फितलो भएको सभामा सहभागीहरुले टिप्पणी गरेका थिए ।

एकै स्थानमा आयोजित सभामा रास्वपाले उल्लेख्य जनसहभागिताको उपस्थिती गराएको थियो भने नेपाली काँग्रेसको सभामा रास्वपाको भन्दा आधा जनता कम भएको टिप्पणी मंगलबारको सभामा सहभागी काँग्रेसका कार्यकर्ताहरुको भनाई थियो ।

मंगलबार नेपाली काँग्रेस एक्लैको सभा थिएन । उक्त सभामा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीले पनि निकै मेहनेत गरेर आफ्ना कार्यकर्ता उतारेका थिए तर पनि सहभागीको संख्या निकै पातालो देखिएको थियो । सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एकिकृत समाजबादीका प्रभावशाली नेता तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ आएका थिए ।

पछिल्लो दिनमा नेपाली काँग्रेसका धेरै मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आकर्षित भईरहेको सार्वजनिक भईरहँदा मंगलबार आयोजित पाँच दलिय चुनावी सभाले त्यसलाई पुष्टि पनि गरेको छ । विगतमा नेपाली काँग्रेस एक्लैले आयोजना गर्ने कार्यक्रमहरु मंगलबारको चुनावी सभा भन्दा धेरै ठुलो हुने गरेको थियो । तर मंगलबार पाँच दलले गरेको कार्यक्रम निकै फितलो भएपछि अव काँग्रेसका अधिकांश मतदाता रास्वपा तर्फ आकर्षित भएको बुझ्न कठिनाई नहुने कार्यक्रमका एक सहभागीले बताए ।

यस्तो अवस्था आउनुमा उनले नेपाली काँग्रेसको नेतृत्वलाई नै दोष दिए । आफ्ना कार्यकर्तालाई महत्व नदिएर माओवादी र नेकपा एस जस्ता कम्युनिष्ट पार्टीहरुको पछि लागेर काँग्रेस हिड्दा काँग्रेसमा लामो समय योगदान गरेका र द्वन्द्वकालमा माओवादीको ज्यादती ब्यहोरेका गाउँका काँग्रेस कार्यकर्ताले अव विकल्प खोज्न थालेको नाम उल्लेख नगर्ने सर्तमा ति कार्यकर्ताले बताए । अझै पनि माओवादी र नेकपा एसलाई बोकेर हिड्ने हो भने अर्काे चुनावसम्म काँग्रेस निकै कमजोर हुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि