व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

म्याग्दे गाँउपालिका वडा नम्बर १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अन्र्तगत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडका १० वटा टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव गरि कुल ३० जना सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने बताए । प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने बताए । कार्यmक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना लगायतले धारणा राखेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी