व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

म्याग्दे गाँउपालिका वडा नम्बर १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अन्र्तगत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडका १० वटा टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव गरि कुल ३० जना सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने बताए । प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने बताए । कार्यmक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना लगायतले धारणा राखेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती