आवुँखैरेनी गाउँपालिकाले १० महिनाको अवधिमा ३२ महत्वपुर्ण काम सम्पादन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

आवुँखैरेनी गाउँपालिकाले हालका जनप्रतिनिधिको १० महिनामा गाउँपालिकाद्वारा सम्पादन भएका महत्वपुर्ण कामहरु सार्वजानिक गरेको छ । गाउँपालिकाले मंगलबार सामाजिक सन्जाल मार्फत गाउँपालिकाद्वारा सम्पादन भएका कामहरुको विवरण सार्वजानिक गरेको हो ।

२०७९ जेष्ठ ५ गते आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सपथ लिई पदवहाली गरे लगतै भएका महत्वपुर्ण कामहरु गाउँपालिकाले सार्वजानिक गरेको हो । यो अवधिमा घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने पहिलो जनप्रिय निर्णयसँगै सम्पूर्ण जनप्रतिनिधिज्युहरुको संयुक्त प्रयासमा १० महिनामा गाउँपालिका भित्र सम्पादित ३२ महत्वपूर्ण जनप्रिय कार्यहरु सार्वजानिक गरेको हो ।

यो अवधिमा आवुँखैरेनीले १५ शैयाको अस्पताल सन्चालन गरेको छ । त्यसैगरि घर घरमै स्वास्थ्य परिक्षण एवं सामाजिक सुरक्षा भत्ता वितरण, नागरिक सेवा केन्द्र स्थापना, जेष्ठ नागरिक, अशक्त र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, हाट बजार सन्चालन, निशुल्क घर नक्सा निर्माण, जग्गाको बर्गिकरण, आँखा उपचार केन्द्र सन्चालन, क्यान्सर लगायत जटिल रोगका विरामीलाई ५० हजार उपलब्ध तथा कृषि उत्पादन प्रबद्र्धन केन्द्र सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरि द्वन्द्वकालका शहिद परिवार, वेपत्ता परिवार र घाईते अपाङ्ग परिवारलाई मासिक जिवन निर्वाह भत्ता वितरण, मुख्यमन्त्री नवप्रबर्धन साझेदारी केन्द्र स्थापना, एक वडा एक कालोपत्रे सडक कार्यक्रम, जलपर्यटन प्रबद्र्धन अध्ययन केन्द्र स्थापना, सामुदायिक विद्यालयमा बसको व्यवस्थापन, कक्षा १ देखी ५ सम्मका छात्रछात्रलाई निशुल्क पोशाक तथा झोला वितरण, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा र एमविविएसमा छात्रबृत्ति, एक वडा एक कृषि उत्पादन कार्यक्रम, जनप्रतिनिधिको बैठक भत्ताबाट स्वयंसेवक शिक्षक नियुक्ती, जनप्रतनिधिको छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम, भुमिहिन तथा सुकुम्बासीलाई जग्गाको निस्सा वितरण, फास्ट ट्रयाक निर्माण, स्थानीय समाजसेवीलाई सम्मान, महिला, दलित र अपाङ्गलाई व्यवसाय दर्तामा ५० प्रतिशत शुल्क छु्ट, कोभिड भ्याक्सिन सतप्रतिशत लगाउन सफल, ऐन पहरा पर्यटकीय हव र सिसाको पुल निर्माण अन्तिम चरणमा तथा जेष्ठ नागरिकलाई तिर्थ यात्रा कार्यक्रम यो अवधिमा सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू