डुम्रे बजारमा एमालेका उम्मेदबारको घर दैलो

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार बन्दिपुर गाउँपालिकाको डुम्रे बजारमा घर दैलो अभियान गरेका छन् । एमालेका उम्मेदबार सर्वेन्द्र खनाल सहित एमालेका नेताहरुले मतदाताको घर घरमा पुगेर एमालेको पक्षा मत मागेका थिए । सो घर दैलो कार्यक्रममा सयौंको संख्यामा एमालेका कार्यकर्ताहरु सहभागी थिए ।

सो अवसरमा एमाले केन्द्रिय कमिटिका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रिय सचिव पदमा अर्याल, पोलिटुव्युरो सदस्य महेश बस्नेत, टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, सिमा क्षेत्री, राजिव पहारी, सविता रसाईली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
घर दैलो पछि अनसन चौतारीमा आयोजित कोणसभामा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन अपिल गरे । खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए ।

राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य