मतदाता प्रभावित पार्न दोसल्ला र फलफुल वितरण

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

नेपाली काँग्रेसले मतदाता प्रभावित पार्न बृद्धबृद्धालाई दोसल्ला र फलफुल वितरण गरेको छ । बैशाख ७ गते मातातिर्थ औंशीको अवसरमा नेपाली काँग्रेसले व्यास नपा ३ दमौली स्थित सम्पर्क कार्यालयबाट ७० वर्ष उमेर पार गरेका बृद्धाहरुलाई भेला गरि दोसल्ला ओढाउने तथा फलफुल वितरण गरेको छ ।

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई सहित नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य शंकर भण्डारी र प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ लगायतले बृद्धाहरुलाई दोसल्ला ओढाई सम्मान गरेको र फलफुल पनि वितरण गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मतदाता प्रभावित पार्ने कुनै पनि काम गरिनु आचार संहिताको उल्लंघन भएको बताए । आफुले यसबारेमा जानकारी पाए लगत्तै उक्त कार्यक्रम तत्काल रोक्न आग्रह गरेको ढकालले बताए ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको १३ नम्बर बुँदाको झ नम्बरमा कुनै पनि संघ सस्था तथा व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान दिन, आर्थिक सहायता तथा चन्दा र पुरस्कार दिन नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि