तनहुँका १६ मतदान केन्द्र महिला अधिकृतको जिम्मामा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

तनहुँ क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनकोलागि १६ मतदान केन्द्र महिला अधिकृतको जिम्मामा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाच हुने तनहुँ क्षेत्र नम्बर १ को १५२ मतदान केन्द्र मध्ये १६ मतदान केन्द्रको मतदान अधिकृतको रुपमा महिला कर्मचारीलाई खटाएको छ ।

विभिन्न कार्यालयमा कार्यरत अधिकृत तथा नासु तहका कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १५२ मतदान केन्द्र मध्ये १६ वटा केन्द्रको अधिकृत महिला रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । सम्पुर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई गत बैशाख ५ र ६ गते तालिम दिईसकिएको र ७ गते उनीहरुले सम्पुर्ण निर्वाचन सामाग्री बुझेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदान स्थल तथा १५२ मतदान केन्द्र तोकिएको छ । उक्त क्षेत्रमा कुल मतदाताको संख्या १२३३०५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु