निर्वाचन बहिष्कारको अभियान चलाउने पाँच जना गिरफ्तार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

तनहुँमा हुने उपनिर्वाचनको बहिष्कार अभियान सन्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । विहिबार दमौलीको अनसन चोक उपनिर्वाचन विरोधी कोणसभा आयोजना गरेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार हुनेमा नेकपा मशालका केन्द्रिय प्रवक्ता प्युठान जिल्ला निवासी रामबहादुर बुढामगर, नेकपा मशालका गन्डकी प्रदेशका प्रवक्ता व्यास नपा ३ का पुष्पलाल श्रेष्ठ, नेकपा मशालका तनहुँ जिल्ला प्रवक्ता व्यास नपा १३ का धनबहादुर परियार, नेकपा मशालका तनहुँ जिल्ला सेक्रेटरी म्याग्दे गाउँपालिका–५ का नरबहादुर थापा मगर र नेकपा मशालका समर्थक चितवन माडी घर भएका राजकुमार श्रीस मगर रहेको नेकपा क्रान्तिकारी माओवादीका गन्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाटले बताए ।

नेकपा मशाल, नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी र देशभक्ता गणतान्त्रिक मन्चले बैशाख १० गते हुने उपनिर्वाचनको बहिष्कार गरौं भन्ने नारा सहित विहिबार अनसन चौतारीमा कोणसभा आयोजना गरेको थियो ।

चारवटा कम्युनिष्ट पार्टीहरुले निर्वाचन बहिष्कार अभियानलाई अझ शसक्त रुपमा लैजाने नेकपा क्रान्तिकारी माओवादीका गन्डकी प्रदेश सचिवालय सदस्य रानाभाटले बताए । पक्राउ परेकाहरु सबै साँझ ६ बजे रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक