मतदाता समक्ष गठबन्धनका उम्मेदबार भट्टराईको अपिल

Devghat Online

शेयर गरौ

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू

यही वैशाख १० गते हुन गइरहेको संघीय संसद्को उप निर्वाचनको अन्तिम घडीमा छौं । हामी यस निर्वाचन मार्फत आगामी ५ वर्षका लागि हाम्रो क्षेत्र नं तनहु १ को विकासका लागि आफ्नो जनप्रतिनिधि फैसला गर्दछौँ । मलाई विश्वास छ  तनहुँ क्षेत्र नं १ का सम्पूर्ण मतदाताहरू आफ्नो जमिन र जीवन बुझ्न सक्ने नेतृत्व छान्न पुर्ण विवेकशील हुनुहुन्छ ।

यस क्षेत्रको विकासका लागि हिजो कुनै कार्यकारी पदमा नरहँदा पनि मैले सकेको, देखेको, जानेको र भ्याए सम्मको काम गर्न दिलो ज्यान दिएर लागेको यहाँहरू सबैलाई अवगत नै छ । भोलिका दिनमा गर्ने विकासका लागि पनि मैले आफ्ना थप योजना र प्रतिवद्धताहरू प्रत्यक्ष भेटघाट र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमहरुबाट राखेको छु ।

सम्भव भए सम्म यहाँहरू सम्पूर्ण सँग प्रतक्ष्य भेटघाट गरेर नै आफ्ना एजेण्डा प्रस्तुत गरेको छु । समयको सीमितताका कारण यहाँहरू सबै माझ आइपुग्न सम्भव नभका कारणले कतिपय साथी, शुभचिन्तक र शुभेच्छुकहरू सँग प्रविधिको माध्यम बाट जोडिरहेको छु । भेटघाट र छलफलका क्रममा यहाँहरूले दिनुभएका सुझाव  सल्लाहलाई अत्यन्तै गम्भीरताका साथमा लिएको छु ।

४२ ओटा वडा समेटिएको ठूलो क्षेत्र, छोटो समय, व्यस्त निर्वाचन तालिकाका कारणले कतिपय साथीहरूसँग निर्वाचन प्रचारको दौरानमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जोडिन सकिन भने पनि हिजोका दिनमा सँगै हुर्केको, पढेको, खेलेको, भलाकुसारी गरेको आफ्नै गाउँको छोरो, साथीभाइ, भोलि फेरी जितेर आइहाल्छ नि १ भनेर तत्कालीन समयको चाँपलाई बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

मैले व्यक्त गरेका प्रतिवद्धता प्रति म अत्यन्तै सचेत छु जिम्मेवार र प्रतिवद्ध छु । मेरा प्रतिवद्धतालाई यहाँहरूले उचित मूल्यांकन गरिदिनुहुनेछ साथै मतदान गर्दा विवेकशील भएर आफ्नो जनप्रतिनिधि चयन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

आसन्न निर्वाचनमा यहाँहरूको अमूल्य मत  रूख चिन्हमा प्रदान गरी गठबन्धनको साझा उमेदवार म गोविन्द भट्टराई लाई अत्यधिक मतले विजयी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

गोबिन्द भट्टराई
उम्मेदवारः क्षेत्र नम्बर १ तनहुँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय