हत्या आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ८

शुक्लागन्डकी नपा–७ का ३८ बर्षिय सुरेन्द्र विकको हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–४ स्थायी घर भई हाल शुक्लागण्डकी नपा–७ स्याउली बजारमा डेरा गरी बस्ने ५७ बर्षिय देवबहादुर चन्दलाई पक्राउ गरेको छ ।

विकको शव शुक्रबार विहान शुक्लागण्डकी नपा–७ स्याउली बजार स्थित खैरेनीटार–भिमाद सडकको नालीमा फेला परेको थियो । सो घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलचौतारा माार्फत सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान गर्दा बिकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी उक्त नालीमा फालेको आशंकामा चन्दलाई पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसी मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित