गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
पोखरा, बैशाख ९

संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतस् पदमुक्त भएका छन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

उनले आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका थिए। उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि उनले विश्वासको मत पाउन सकेन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।