देवघाट गाउँपालिकाको मतगणनामा रास्वपाका उम्मेदबार वाग्लेको अग्रता

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ११

उपनिर्वाचन अन्तर्गत तनहूँ क्षेत्र नम्बर १ को देवघाट गाउँपालिकाको मतगणना सकिँदा रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता भएको छ । देवघाट गाउँपालिकाको ५ वटै वडाको मतगणना सकिँदा वाग्लेको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवघाटको वडा नम्बर १ मा रास्वपाका उम्मेदबार वाग्लेले २७८, नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३३३ र एमालेका सर्वेन्द्र खनालले ४९४ मत पाएका थिए । त्यस्तै वडा नम्बर २ मा वाग्लेले २०७, भट्टराईले ५८० र खनालले २८० मत पाए । त्यसैगरि वडा नम्बर ३ बाट वाग्लेले २४९, भट्टराईले ३२२ र खनालले ५५ मत पाएका छन् ।

यस्तै वडा नम्बर ४ बाट वाग्लेले १६८, भट्टराईले २७२ र खनालले २३० मत पाएका छन् भने वडा नम्बर ५ बाट वाग्लेले १३८६, भट्टराईले ६९५ र खनालले ६०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले