मंसिरमा भन्दा किन मत कम खस्यो ? मतदातामा निराशा की अन्य कुनै कारण ?

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

आइतबार भएको उपनिर्वाचना तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मात्रै मत खसेको छ । यद्यपी उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा ६३ प्रतिशत भन्दा बढि मत खसेको छ । चितवन २ मा ६३ प्रतिशत र बारा २ मा ६४ प्रतिशत मत खसेको छ । तर राजनीतिमा रुपमा धेरै सचेत मानिने तनहुँमा भने ५३ प्रतिशत मात्रै मत खसेको छ ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा तनहुँ १ मा ५४ दशमलब ०३ प्रतिशत मत खसेको थियो । यसपटक मंसिरको भन्दा १ प्रतिशत कम खसेको छ । तनहुँमा १२३३०५ मतदाता थिए ।

मत कम खस्नुमा विभिन्न खाले अनुमान पनि गरिएका छन् । केहीले राजनीति प्रति आम मतदातामा निराशा र बितृष्णा कम भएको कारणले कम मत खसेको विश्लेषण गरेका छन् । त्यसैगरि अन्य २ निर्वाचन क्षेत्रमा भन्दा तनहुँमा निर्वाचन बहिष्कारबादीहरुको प्रभाव बढि भएको कारण पनि यो क्षेत्रमा कम मतदान हुनुको अर्काे कारण मानिन्छ ।

त्यसैगरि तनहुँको क्षेत्र नम्बर १ मा उपनिर्वाचन भएपनि अर्काे निर्वाचन क्षेत्रमा भने सरकारी कार्यालयहरु सन्चालन भएका थिए । साथै तनहुँका अधिकांश मतदाता काठमाडौंमा विभिन्न पेशा र व्यवसाय गरेर बसेका छन् । त्यहाँ बिदा नभएको कारण पनि धेरै मतदाताहरु मतदान गर्न नआएको कारणले पनि यसपटक मतदान कम भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा