इनार सफा गर्ने क्रममा मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३१

व्यास नपा–१३ पोखरीभञ्ज्याङमा इनार सफा गर्ने क्रममा शनिबार ऋषिङ गाउँपालिका–७ का २७ बर्षिय बिपिन भन्ने छत्र बहादुर आलेको मृत्यु भएको छ । पोखरीभन्ज्याङमा मानबहादुर आलेले सन्चालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका आले सोही पोल्ट्री फार्मको कम्पाउण्डमा रहेको ईनार सफा गर्नको लागि डोरीको सहायताबाट ईनार भित्र पसी सफा गर्ने क्रममा अस्सिजनका कमीका कारण अचेत भएपछि तत्काल उनको उद्धार गरि उपचारकोलागि लैजाँदै गर्दा बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।

आले इनार भित्र अचेत अवस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी निरिक्षक राजकुमार बिकको नेतृत्वमा कमाण्डमा अनुसन्धान टोली तथा नेपाली सेनाको उद्दार टोलीले ईनार भित्र अचेत अवस्थामा रहेका आलेलाई स्थानिय व्यक्तिहरु समेतको सहयोगमा इनारबाट निकाली उद्दार गरी उपचारको लागि दमौली अस्पताल लगेको थियो ।

अस्पतालमा पु¥याउनसाथ चिकित्सकले आलेलाई मृत घोषित गरेका थिए । मृत आलेको शव आईतबार परिवारलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४