चितवन, जेठ १
चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारी नेपालको देशकै पहिलो भवनका लागि आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम जारी छ ।



भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्ने चौतारीको भवनका लागि नेपाली कांग्रेसका युवा नेता वचन कार्कीले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । निर्माण व्यावसायीसमेत रहेका कार्कीले पत्रकारहरुको भवन बनाउन आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने प्रतिवद्दता जनाए ।
नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्यालमार्फत युवा नेता कार्कीले सो रकम प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् । वैशाख २२ गते चौतारीको भवन शिलान्यासको दिनमा नै कार्कीले सो रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले चौतारी भवनका लागि एक ट्रिप सोलिङ्ग ढुंगा उपलब्ध गराएका छन् । अध्यक्ष अधिकारीले सोमवार चौतारीको भवन निर्माणस्थल ढुंगा झारेर सहयोग गरेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । महासंघ अध्यक्ष अधिकारीले पत्रकारहरुको भवन बन्नु आफैंमा गौरवको कुरा भएको भन्दैं चौतारीको भवनको जगमा राख्नका लागि ढुंगा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि चौतारीको भवनका लागि सहयोग जुटाउन आफ्नोतर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्दता ब्यक्त गरे ।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । १ बर्ष भित्र बनाइसक्ने भवनका लागि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोगको प्रतिवद्दता आएको अध्यक्ष पण्डितले जानकारी दिए । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।












