शिक्षक सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न शुक्लागन्डकीलाई उच्च अदालतको आदेश

Devghat Online

शेयर गरौ

दमौली, जेठ १

उच्च अदालत पोखराले शिक्षकहरुको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न शुक्लागन्डकी नगरपालिकालाई आदेश दिएको छ । नगरपालिकाले शिक्षकहरुको सहमती विपरित एकतर्फी रुपमा शिक्षकहरुको सरुवा गर्ने निर्णयको विरुद्धमा महेशराज ढकाल सहितका शिक्षकहरुले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए ।

उक्त रिटको सम्बन्धमा सोमबार भएको सुनुवाईमा उच्च अदालत पोखराका न्यायधिश उज्वल शुक्लले नगरपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षि शुक्लागन्डकी नगरपालिकालाई अल्पकालिन आदेश दिएको छ ।

अदालतले उक्त मुद्धामा अन्तरिम आदेशको लागि छलफल गर्न रिट निबेदक र विपक्षी शुक्लागन्डकी नगरपालिकालाई जेठ ९ गते बोलाएको छ । शुक्लागन्डकी नगरपालिकाले गत बैशाख २१ गते शिक्षकहरुको सहमती विपरित एकातार्फीरुपमा सरुवा गर्दै शिक्षकहरुलाई सरुवाको पत्र समेत दिएको थियो । उक्त निर्णयको विरुद्धमा शिक्षकहरु अदालत गए थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू