बस दुर्घटनामा २७ यात्रु घाईते

Devghat Online

शेयर गरौ

दमौली, जेठ १

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको ब्यास नगरपालिका–५ सिर्दीमा सोमबार राती यात्रुबाहक बस दुर्घटना हुँदा सत्ताइस जना यात्रु घाइते भएका छन् । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट दाँयातर्फ करीब ५० मिटर तल पल्टिदाँ उक्त दुर्घटना भएको हो ।

घाइते भएकामध्ये पन्ध्र जना उपचार पश्चात घर फर्किएको तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए । सवारी दुर्घटनामा परि बसका चालक सहित एघार जना घाइतेको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

घाईते हुनेमा बस चालक कास्की पोखरा उपमहानगरपालिका–३१ बेगनासताल निवासी २७ बर्षीय सुनिल बि.क., सोही स्थान निवासी ४७ बर्षीय शिवहरी श्रेष्ठ, ३९ बर्षीय चेत बहादुर रानाभाट,भारत पटना बिहार बस्ने बर्ष ३३ का प्रभात कुमार सिंह,निजको श्रीमती बर्ष २९ की अनमिका सिंह रहको छन् ।

त्यसैगरी, खोटाङ बुईखा नगरपालिका–१४ बस्ने बर्ष ५० का कोपिला राई, सोलोखुम्बु महाकुलुङ गाउँपालिका–१ बस्ने बर्ष ४७ का कुल बहादुर राई, सोही स्थान निवासी २५ बर्षीय नोवाङ सेर्पा, पर्बत जिल्ला फलेवास नगरपालिका–२ बस्ने ३२ बर्षीय टेक बहादुर थापा मगर, कास्की लेखनाथ महानगरपालिका–२६ कालिका चोक बस्ने बर्ष ३० की सोनी पुलामी र भारत बिहार बस्ने बर्ष ४५ की सुनिता देबी ढाड रहेका छन् । त्यसैगरी जिल्ला पर्वत फलेबास नगरपालिका–१० बस्ने बर्ष २१ का बिष्णु प्रसाद चापागाईको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४