हराएको मोबाइल देवघाट प्रहरीले भेटाई धनीलाई बुझायो

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २ गते 

इलाका प्रहरी कार्यालय देवघाटले हराएको मोबाइल भेट्टाई सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

देवघाट गाउँपालिका-५ स्थित महेश मार्ग बस्ने दयाराम आचार्यको गत चैत ५ गते हराएको रेडमी ८ प्रो मोडलको मोबाइल प्रहरीले भेट्टाई मंगलबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

आचार्यले मोबाइल हराएको भन्दै  चैत ८ गते इलाका प्रहरी कार्यालय देवघाटमा निबेदन दिएका थिए । उक्त निबेदन र मोबाइलको आइएमई नम्बर जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले उक्त मोबाइल मंगलबार भेट्टाई देवघाट प्रहरी मार्फत सम्बन्धित मोबाइल धनीलाई बुझाएको इप्रका देवघाटका प्रमुख बरिस्ठ सई कृष्णबहादुर बानियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले