बलात्कार गरेको कसुरमा साढे ९ बर्ष कैद सजाय फैसला

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३

१३ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तनहुँ जिल्ला अदालतले बन्दिपुर गाउँपालिका–५ कल्चोकका २२ बर्षीय बिनोद विकलाई साढें ९ वर्ष कैद सजाय फैसला सुनाएको छ ।

जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यको इजलासले विहिबार उक्त फैसला गरेको हो । अदालतले पीडितलाई २५ हजार रुपैयाँ क्षतीपुर्ती भराउने फैसला गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए ।

पीडितलाई विकले २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अविभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए । प्रहरीले विकलाई २०७७ असार २४ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित २०७७ साउन १३ गते देखी पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण