शिक्षक सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न शुक्लागन्डकीलाई उच्च अदालतको दोश्रो आदेश

Devghat Online

शेयर गरौ

दमौली, जेठ ४

उच्च अदालत पोखराले शिक्षकहरुको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न शुक्लागन्डकी नगरपालिकालाई दोश्रो पटक आदेश दिएको छ । नगरपालिकाले शिक्षकहरुको सहमती विपरित एकतर्फी रुपमा शिक्षकहरुको सरुवा गर्ने निर्णयको विरुद्धमा गहेन्द्र भट्टराई सहितका शिक्षकहरुले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए ।

उक्त रिटको सम्बन्धमा विहिबार भएको सुनुवाईमा उच्च अदालत पोखराका न्यायधिश ऋषि राजभण्डारीले शुक्लागन्डकी नगरपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षि शुक्लागन्डकी नगरपालिकालाई अल्पकालिन आदेश दिएको हो । यस अघि पनि गत सोमबार उच्च अदालत पोखराले शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न शुक्लागन्डकी नगरपालिकाको नाममा अल्पकालिन आदेश दिएको थियो ।

अदालतले उक्त मुद्धामा अन्तरिम आदेशको लागि छलफल गर्न रिट निबेदक र विपक्षी शुक्लागन्डकी नगरपालिकालाई जेठ ९ गते बोलाएको छ । शुक्लागन्डकी नगरपालिकाले गत बैशाख २१ गते शिक्षकहरुको सहमती विपरित एकातार्फीरुपमा सरुवा गर्दै शिक्षकहरुलाई सरुवाको पत्र समेत दिएको थियो । उक्त निर्णयको विरुद्धमा शिक्षकहरु अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण