म्याग्देका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

तनहुँको म्याग्दे गाँउपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको स्विकृत कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई हाते टयाक्टर वितरण गरिएको हो ।

कृषकको ५० प्रतिशत रकम र गाउँपालिकाको ५० प्रतिशत अनुदानबाट टयाक्टर खरिद गरि वितरण गरिएको हो । ७० हजार पर्ने टयाक्टरको मुल्यमा गाउँपालिकाले ५० प्रतिशत रकम ब्यहोरेको थियो । बुधबार वडा नम्बर ३ का कृषकललाई उक्त हाते टयाक्टर वितरण गरिएको थियो ।
अनुदानमा हाते टयाक्टर पाउनेमा वडा नम्बर २ का विष्णुवहादुर खड्का क्षेत्री र होमबहादुर साँकी, वडा नम्बर ३ का संगिता उच्चै ठकुरी, महेन्द्र आले मगर, रवि घिमिरे, दीपक थापा, प्रेम वहादुर थापा, शर्मिला श्रेष्ठ, दिनेशराज अधिकारी, दधिराज श्रेष्ठ, कमला शाही रहेका छन् ।

त्यस्तै वडा नम्बर ४ का केशवहादुर थापा, गोपाल कामी, पुर्ण वहादुर थापा, वडा नम्बर ६ का वुद्धिवहादुर विक, वडा नम्बर ७ का पदमराज श्रेष्ठ र कृष्णवहादुर मस्राङदी रहेको गाउँपालिकाले जनाएको छ ।

कृषकलाई कृषीमा आत्मनिर्भर बनाउन र राहत दिनका लागी अनुदान दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो