व्यासमा शिक्षकहरुको विषयगत समिति गठन, संयोजकमा बस्नेत

Devghat Online

शेयर गरौ

दमौली, असार २

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोग तथा ब्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा दमौली तनहुँको आयोजनामा शनिबार ब्यास नगरपालिका अन्तर्गतका विषयगत शिक्षकहरूको भेला सम्पन्न भयो ।

सो भेलाले नगरपालिका स्तरिय विषयगत कार्यसमूह तथा अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको विषयगत समितिहरु गठन गरेको छ। दमौलीस्थित सत्यवती माविमा आयोजित उक्त कार्यक्रममा ब्यास नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका करीब २ सय विभिन्न विषयका विषयगत शिक्षकहरूको सहभागीता रहेको थियो ।सो भेलाबाट व्यास नगरपालिका विषयगत कार्य समूहको संयोजकमा निर्मल माविका प्रअ  गणेशचन्द्र बस्नेतलाई चयन गरेको छ ।

सो समुहको सदस्यहरुमा नारायण प्रसाद अधिकारी, अनिल श्रेष्ठ, सिमा श्रेष्ठ, भरत काफ्ले, रामदत्त पाैडेल र कमला पराजुली रहेका छन् । त्यस्तै आमन्त्रीत सदस्यहरुमा विज्ञान विषय समिति संयोजक एक बहादुर गुरुङ, अंग्रेजी बिषय समिति संयोजक इन्द्रप्रसाद पौडेल, नेपाली बिषय समिति संयोजक रुकमणी पौडेल, सामाजिक विषय समिति संयोजक वीरबहादुर बस्नेत रहेका छन् ।

यसैगरी सो भेलाले अंग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयका छुट्टाछुट्टै विषयगत शिक्षकहरु रहेको समितिहरु पनि गठन गरेको छ । जसअनुसार अङ्ग्रेजी विषय समिति संयोजक इन्द्र प्रसाद पौडेल र सदस्यहरुमा नारायण प्रसाद अधिकारी, गौरी ज्ञवाली, विजयकुमार रानाभाट, जीवनी नागिला, मनु सापकोटा, रुपा श्रेष्ठ, प्रतीक्षा पौडेल र अप्सना मिया रहेेका छन् । यस्तै गणित विषय समिति संयोजकमा गणेश चन्द्र बस्नेत, सचिव अनिल श्रेष्ठ र कोषाध्यक्ष गौरा देवी अधिकारी तथा सदस्यहरुमा कृष्णप्रसाद तिवारी, कमला पराजुली, रामकाजी श्रेष्ठ, लक्ष्मी थापा राना,  रन्जन गौतम र आनन्द्रा पाैडेल रहेका छन् ।

यसैगरी नेपाली विषय समिति संयोजकमा रुकामणि पौडेल तथा सदस्यहरुमा कृष्ण बहादुर भण्डारी, पदम खनाल, अप्सरा श्रेष्ठ, अनिता सुनार, माधवी पण्डित, भवानी अधिकारी, शारदा पौडेल, ईश्वरी पन्त र गीता वाग्ले रहेका छन् । यस्तै सामाजिक विषय समिति संयोजकमा वीर बहादुर बस्नेत, सचिव टीकाराम दाहाल, कोषाध्यक्ष संगीता पन्थ रहेकम छन् भने सदस्यहरु रुपा घिमिरे, मिना सेन्चुरी, हरि गौतम, नरबहादुर थापा, दुर्गा भट्टराई, इम बहादुर थापा ।

उक्त कार्यक्रमको संयोजन नेपाल शिक्षक महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए । सो कार्यक्रममा सत्यवती माविका प्रअ पुष्पकला भट्टराई, शिव माविका प्रअ चन्द्रमणि कोइराला, नबागठित व्यासनगरपालिका बिषयगत कार्य समूहका संयोजक गणेशचन्द्र बस्नेतले समितिहरूको गठनको औचित्य माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको