मदन जयन्तीको अवसरमा एमाले तनहुँको प्रवचन कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, असार १४

जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले जिल्ला कमिटि तनहुँले विहिबार दमौलीमा ‘जनताको बहुदलिय जनवादः आजको सान्दर्भिकता’ विषयमा जिल्ला स्तरीय प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महतले अहिलेको नेपालको सन्दर्भमा जनताको बहुदलिय जनबाद नै सर्वाेत्कृष्ट सिद्धान्त रहेको बताए । जनताको बहुदलिय जनवादकै माध्यमबाट राष्ट्रिय स्वाधिनताको संरक्षण गर्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न तर्फ लाग्नु पर्ने महतले बताए ।

नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले केन्द्रिय सदस्य सविता रसाईली, केन्द्रिय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटिका सचिवालय सदस्यद्वय नारयण खनाल र रामचन्द्र उपाध्याय, बुद्धिजिवि परिषदका केन्द्रीय सदस्य शुनिल पाण्डे, शिक्षक संगठनका जिल्ला सचिव बाबुराम पौडेल लगायतले मदन भण्डारी र जनताको बहुदलीय जनबादको सान्दर्भिकताको बारेमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रको सन्चालन एमाले जिल्ला सचिव राजेश्वर ढकाल र स्वागत मन्तव्य उपाध्यक्ष हरिराज कंडेलले गरेका थिए । सो अवसरमा राष्ट्रिय जनसांस्कृतिक मन्चका कलाकारहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए ।

वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंङ्गेसाँघु गाविसको ठोट्ने भन्ने ठाउँमा मदन भण्डारीको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा