दिवंगत इन्जिनियर शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाले सहयोग गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असार १७

व्यास नगरपालिकाले दिवगंत इन्जिनियर कमल शर्माका छोराको पठन पाठनकोलागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । शर्माको असामयीक निधन भएकोमा आईतबार नगरपालिकामा शोक कार्यक्रमको आयोजना गरि आधा दिन बिदा दिएको थियो । शोक सभामा दिवंगत शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाको तर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमुख वैकुन्ठ न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका थिए ।

शर्माको असार १६ गते साँझ निधन भएको थियो । रत्नहरी अस्पताल दमौलीमा असार १३ गते उपचारकोलागि भर्ना भएकोमा अस्पतालले असार १६ गते साँझ मात्र रिफर दिएको थियो । थप उपचारकोलागि पोखरा लगेकोमा उनको बाटोमै मृत्यु भएको थियो ।

नगरपालिका भित्र सन्चालित अस्पतालहरुले दिने सेवा र प्रयोगशालाका प्रति पटक पटक गुनासो आएको, नविकरण र दर्ता नगरि स्वास्थ्य संस्थाहरु सन्चालन  गरिएको सम्बन्धमा ५ दिन भित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारकोलागि सम्बन्धित अस्पतालहरुलाई  सुधार निर्देशन दिने तथा निर्देशन पालन नगरेमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय