दमौली, असार १७
व्यास नपा–४ मा रहेको रत्नहरी अस्पतालले अस्पतालमा भर्ना भएका विरामीको उपचारमा गम्भिर लापरवाही गरेको पुष्टि भएको छ । नीजि क्षेत्रबाट सन्चालित उक्त अस्पतालले गम्भिर प्रकृतिका विरामीलाई पनि उपचारको बाहानमा धेरै दिन राख्दा शनिबार व्यास नपा १० का कमल शर्माले ज्यान गुमाउनु प¥यो ।



व्यास नगरपालिकाको घर नक्शा शाखामा कार्यरत इन्जिनियर ३५ बर्षिय कमल शर्मा असार १३ गते उपचारकोलागि रत्नहरी अस्पतालमा भर्ना भएका थिए । उक्त अस्पतालले उपचारको बाहानामा ४ दिनसम्म विरामीलाई अस्पतालमा राखेको थियो ।

गम्भिर प्रकृतिको विरामीलाई थप उपचारकोलागि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नु पर्नेमा रत्नहरी अस्पतालले उपचारको बाहानामा शर्मालाई अस्पतालमै राखेको थियो । शर्माको स्वास्थ्यमा कुनै सुधार नभएपछि शनिबार साँझ उनका आफन्तले जवरजस्ती थप उपचारकोलागि पोखरा लगेकोमा उनको बाटोमै मृत्यु भएको थियो । रत्नहरी अस्पतालले समयमै शर्मालाई सुविधासम्पन्न अस्पतालमा रेफर गरेको भए उनको ज्यान बचाउन सकिने आफन्तहरुले बताएका छन् ।
शर्माको उपचारमा गम्रिभ लापरवाही गरेको भन्दै आफन्त र स्थानीय बासिन्दाले आईतबार साँझ रत्नहरी अस्पतालमा तालाबन्दी गरेका छन् । व्यास नगरपालिकाले अस्पताल प्रशासन र विरामीका आफन्तका विच छलफल गर्दा अस्पताल प्रशासनबाट आफ्नो कमजोरी स्विकार्न समेत अस्विकार गरेपछि शर्माका आफन्त र स्थानीय बासिन्दाले अस्पतालमा तालाबन्दी गरेका थिए ।












