मृतकको नाममा जम्मा भएको सामाजिक सुरक्षा भत्ता फिर्ता

Devghat Online

शेयर गरौ

दमौली, असार १७

देवघाट गाउँपालिकाले मृतकको नाममा निकासा गरेको सामाजिक सुरक्षा भत्ता मृतकको आफन्तले फिर्ता गरेका छन् ।

देवघाट गाउँपालिकाले ०७९÷०८० मा देवघाट गाउँपालिका–५ का विहारीलाल सापकोटाको नाममा एक त्रैमासिकको १२ हजार रुपैयाँ निकासा गरेको थियो । सापकोटाको मृत्यु भईसकेपछि पनि मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भन्दै महालेखा परिक्षकको प्रतिबेदनले उक्त भत्ता फिर्ता गर्न सुझाव दिएको थियो । यसबारेमा देवघाट अनलाईनले समाचार प्रकाशित गरेको थियो ।

मृतक बिहारिलाल सापकोटाको नाममा जम्मा भई बेरुजु देखिएको ३ महिनाको रकम रु १२ हजार रुपैयाँ आईतबार उनका नाती दिपक सापकोटाले नेपाल बैंक लिमिटेडमा गई जम्मा गरेका छन् ।

देवघाट गाउँपालिकाले यस अघि नै मृत्यु भईसकेका वडा नम्बर ५ का बिहारीलाल सापकोटा सहित तुलसी सुवेदी तथा वडा नम्बर ३ का धनमाया पौडेल क्षेत्री र अम्बरबहादुर थापाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले