मृतकको नाममा जम्मा भएको सामाजिक सुरक्षा भत्ता फिर्ता

Devghat Online

शेयर गरौ

दमौली, असार १७

देवघाट गाउँपालिकाले मृतकको नाममा निकासा गरेको सामाजिक सुरक्षा भत्ता मृतकको आफन्तले फिर्ता गरेका छन् ।

देवघाट गाउँपालिकाले ०७९÷०८० मा देवघाट गाउँपालिका–५ का विहारीलाल सापकोटाको नाममा एक त्रैमासिकको १२ हजार रुपैयाँ निकासा गरेको थियो । सापकोटाको मृत्यु भईसकेपछि पनि मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भन्दै महालेखा परिक्षकको प्रतिबेदनले उक्त भत्ता फिर्ता गर्न सुझाव दिएको थियो । यसबारेमा देवघाट अनलाईनले समाचार प्रकाशित गरेको थियो ।

मृतक बिहारिलाल सापकोटाको नाममा जम्मा भई बेरुजु देखिएको ३ महिनाको रकम रु १२ हजार रुपैयाँ आईतबार उनका नाती दिपक सापकोटाले नेपाल बैंक लिमिटेडमा गई जम्मा गरेका छन् ।

देवघाट गाउँपालिकाले यस अघि नै मृत्यु भईसकेका वडा नम्बर ५ का बिहारीलाल सापकोटा सहित तुलसी सुवेदी तथा वडा नम्बर ३ का धनमाया पौडेल क्षेत्री र अम्बरबहादुर थापाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी