गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रम देवघाटमा गुरुस्मृति महोत्सव आयोजना (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट, असार १८

गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रम देवघाटको आयोजनामा सोमबारदेखी छैठौं गुरुस्मृति महोत्सव आयोजना गरियो ।
सो गुरु स्मृति महोत्सवको पहिलो दिन सोमबार व्यास जयन्ती तथा गुरु पुर्णिमाको दिन गुरु पुजन तथा गुरुतत्व विमर्श कार्यक्रम गरिएको हो ।

सो अवसरमा गुरुको महत्वको बारेमा प्रवचन समेत गरिएको महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेलले जानकारी दिए । यसैगरि दोश्रो दिन मंगलबार गुरु स्मृति सभा तथा सन्त पुजन एवं गुरु भण्डाराको आयोजना गरिने कार्यक्रम रहेको छ ।

महेश सन्यास आश्रमले ब्रम्हलिन परमपुज्य सन्तशिरोमणी श्री १००८ डा. स्वामी रामानन्द गिरीजी महाराजको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा गुरुकुलका बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा गुरु पुर्मिमालाई व्यास जयन्तीको रुपमा पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले