शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रका विकृतीको विरुद्ध एक्सनमा व्यास नगरपालिका

Devghat Online

शेयर गरौ

दमौली, असार १९

तनहूँको व्यास नगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयको कारबाही गर्ने भएको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालाई गरिएको छात्रवृत्ति वितरणको विवरण ७ गतेभित्र पेस गर्न सूचित गरेको थियो ।

तर हाल सम्म ८ वटा निजि विद्यालयले मात्र विवरण पेश गरेको नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । व्यास नगरपालिका भित्र कुल ४५ वटा निजि विद्यालयहरु रहेका छन् । नगर शिक्षा नियमावली २०७६ को परिच्छेद १० मा निजी विद्यालयमा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

नगरपालिकाले जेठ ३२ गते छात्रवृत्ति वितरणका लागि विद्यालयहरूलाई परिपत्र गरेको थियो । कक्षा ११–१२ सहित उच्चशिक्षामा शिक्षा नियमावली अनुसार स्कुल, क्याम्पसले उक्त छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । शिक्षा मन्त्रालयले समेत नियमित अनुगमन नियमन गरेर कानुनी प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन ।

पछिल्लो समय विद्यालय शिक्षा स्थानीय तहको अधिकार भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । विश्वविद्यालयले पनि निजी क्याम्पसमा त्यसको कार्यान्वयन गराउन सकेका छैनन् । नगरप्रमुख न्यौपानेले विवरण पेश नगर्ने विद्यालयलाई पहिलो चरणमा लिखित स्पष्टीकरण माग गरिने बताउनु भयो ।

नगर प्रमुख न्यौपानेले भन्नु भयो ‘छात्रवृत्ति वितरणलाई पारदर्शी गराउन विवरण माग गरिएको हो, तर अहिले सम्म सबै विद्यालयले विवरण पेश गरेका छैनन्, ।’ उहाँले भन्नु भयो ‘पहिलो चरणमा हामीले पुनः पत्र पठाई विवरण माग गरेका छौं, विवरण नपठाए हामी कारबाहीको प्रक्रिया अगाडी बढाउछौं ।’ गरपालिका भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर रहेको मेयर न्यौपानेको भनाई छ ।

नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रक्रिया अगाडी थालेको छ । नगरपालिकाले व्यास नगर भित्र रहका निजि अस्पतालहरुको अनुगमन समेत गर्ने भएको छ । निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुले दिने सेवा र प्रयोगशालाका प्रति गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गर्ने तयारी गरेको हो ।

नगरप्रमुख न्यौपानेका अनुसार नविकरण,दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको भन्ने गुनासो आएसी जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुधबार देखि शुक्रबार सम्म अनुगमन गर्ने भएको हो । त्यस्तै नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको अनुगमन पनि गर्न थालेको छ ।

नगरभित्र रहेका विभिन्न सहकारीहरुलाई पारदर्शी गराउन अनुगमन थालेको नगरप्रमुख न्यौपानेले बताउनु भयो । नगरभित्र सञ्चालित रहेका ८४ वटा सहकारी अनुगमन गर्दा धेरै जसो सहकारीले प्रतिवेदन तयार नगरको, सेयर सदस्य भन्दा बाहिरका व्यक्तिसँग कारोबार गरेको फेला परेको र सुधार गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय