२ छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार १९

१९ र १२ बर्षिया छोरीहरुलाई बलात्कार गरेको आरोपमा व्यास नपा– ६ का ६० बर्षिया एक बाबुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अभियुक्तले २०७९ भदौ यता दुई छोरीलाई पटक पटक बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले उनलाई कारवाहीको लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सो जाहेरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

पीडितहरुको मंगलबार नै दमौली अस्पतालमा स्वास्थ्य परिक्षण भएको र आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानकोलागि थुनामा राखिएको छ ।

उक्त घटनाको बारेमा पीडित बालिकाहरुले यस अघि पटक पटक शिशाघाट प्रहरी चौकीमा जानकारी गराएपनि उक्त प्रहरी चौकीका प्रहरीहरुले घरायसी घटना भएको भन्दै घरमै मिलाउन भन्दै फिर्ता पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले