देवघाट–४ को दुई घरे सुरक्षित खानेपानी समुदाय घोषणा

Devghat Online

शेयर गरौ

देवघाट, असार १९

देवघाट गाउँपालिका–४ को दुईघरे समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सो समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरेका हुन् ।

‘एक घर एक धारा हाम्रो पहिचान सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान’ भन्ने मुल नारा अभियान सन्चालन गरि वडा नम्बर ४ को दुईघरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत विभिन्न सुचकहरू पुरा गरेपछि सो खानेपानीको मुहान र समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको हो । उक्त समुदाय वडा नम्बर ४ को पहिलो सुरक्षित खानेपानी समुदाय बन्न सफल भएको छ ।

उक्त मुहानको खानेपानीलाई चितवन जिल्लामा लगी परिक्षण गरि शुद्धता प्रमाणित गरिएको गाउँपालिका विपद व्यवस्थापन वन वातावरण पर्यटन शाखाका होमबहादुर भारातीले बताए । यस अघि पानी र मुहानको शुद्धताकोलागि उपभोक्ता समितिलाई विभिन्न तालिम र प्रशिक्षण दिईएको भारतीले जानकारी दिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुरक्षित घोषणा गर्नु मात्रै ठुलो कुरा नभई यसलाई निरन्तरता दिनुपर्ने बताए । अध्यक्ष थापाले गाउँपालिका भरिका सम्पूर्ण टोललाई सुरक्षित खानेपानी घोषणा गर्ने तर्फ काम भईरहेको बताए ।
गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङले पानी मानव जिवनको लागि सबैभन्दा महत्वपूर्ण रहेको भन्दै पानीको शुद्धतामा कसैले पनि सम्झौता गर्न नहुने बताए । वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले वडा भित्रका सबै टोल र मुहानको पानीलाई सुरक्षित बनाईने बताए ।

वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रममा दुईघरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव धमान सिं थापाले युनिसेफको सहयोगमा सुरक्षित खानेपानीको सुचकहरुको प्रयोग गरिएको बताए । सो कार्यक्रममा वडा नम्बर ४ सदस्य बुद्धिमान भुजेलले पनि मन्तव्य राखेका थिए ।

यस अघि वडा नम्बर १ कोे वर्षा खोला खानेपानी उपभोक्ता समितिलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण