पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

दमौली, असार २०

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी बजार र तुरतुरेको विचमा बुधबार साँझ ६ बजे पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

सडक विस्तार गर्न खनेको ठाउँमा अन्दाजी १००÷१५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्ट सहितको प्रहरी टोली खटिएको छ ।

चाइनिज कन्ट्रक्सन तथा स्थानीय पालिकाका चारवटा डोजरले पहिरो पन्छाउँदै गएपनि माथीबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा सडक कतिबेला सन्चालन हुन्छ भन्ने बारेमा यकिन नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिव विष्टले बताए ।

मुख्य सडक अवरुद्ध भएको हुँदा पोखरा तर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागी बैकल्पिक बाटो दमौली भोर्लेटार चोक बाट कलेस्ती–पोल्याङ हुदै कास्की निस्किने सडक प्रयोग गर्नु हुन अनुरोध गरीएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले