देवघाटका सबै गुरुकुलको एसइईको नतिजा उत्कृष्ट, परमानन्दका कडेंलले ल्याए ३.९० जिपिए

Devghat Online

शेयर गरौ

देवघाट, असार २१

२०७९ सालको एसइई परिक्षामा देवघाटमा सन्चालित तिन वटै संस्कृत गुरुकुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुल, बेद बेदाङ्ग विद्यालय र परमानन्द संस्कृत गुरुकुलका   विद्यार्थीहरुले उत्कृष्ट अंक सहित एसईई उत्तिर्ण गरेका छन् ।

हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलका  छात्र आशुतोष कंडेलले ३.९० जिपिए ल्याउन सफल भएको सो गुरुकुलका शिक्षक सोमनाथ अर्यालले जानकारी दिए । सो गुरुकुलबाट एसईईमा १७ जना सहभागी भएकोमा सबैले अतिविशिष्ट र विशिष्ट श्रेणीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको अर्यालले बताए ।

यस्तै महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलबाट १३ जना छात्रले एसईई परिक्षामा सहभागी भएकोमा ८ जनाले अति विशिष्ट (ए प्लस) र ५ जनाले विशिष्ट (ए) ग्रेड ल्याउन सफल भएको सो गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरि गलेश्वर आश्रमद्वारा सन्चालित बेद बेदाङ्ग विद्यालयका २३ जना एसइई परिक्षामा सहभागी भएकोमा १५ जना अति विशिष्ट र ८ जना विशिष्ट ग्रेडमा उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल नन्दराज पाण्डेले जानकारी दिए ।

गत वर्षहरुमा गुरुकुलहरुको विषय कोडको कारण नतिजा नियमित नभएकोमा यस बर्ष सबै विद्यार्थीको नतिजा नियमित भएको महेश संस्कृत गुरुकुलका प्रचार्य पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध