पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

दमौली, असार २०

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी बजार र तुरतुरेको विचमा बुधबार साँझ ६ बजे पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

सडक विस्तार गर्न खनेको ठाउँमा अन्दाजी १००÷१५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्ट सहितको प्रहरी टोली खटिएको छ ।

चाइनिज कन्ट्रक्सन तथा स्थानीय पालिकाका चारवटा डोजरले पहिरो पन्छाउँदै गएपनि माथीबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा सडक कतिबेला सन्चालन हुन्छ भन्ने बारेमा यकिन नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिव विष्टले बताए ।

मुख्य सडक अवरुद्ध भएको हुँदा पोखरा तर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागी बैकल्पिक बाटो दमौली भोर्लेटार चोक बाट कलेस्ती–पोल्याङ हुदै कास्की निस्किने सडक प्रयोग गर्नु हुन अनुरोध गरीएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध