देवघाटको जनसंख्या १० वर्षमा १५४७ जना घट्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार २२

देवघाट गाउँपालिकामा १० वर्षको अवधिमा १५४७ जनसंख्या घटेको छ । राष्ट्रिय तथ्यांक विभागले गरेको २०७८ को जनगणनाको प्रतिबेदन अनुसार २०६८ को भन्दा २०७८ मा देवघाटको जनसंख्यामा १५४७ जना कमी आएको हो ।

२०७८ को जनगणनामा देवघाटको जनसंख्या १४५८४ रहेको छ । यस अघि २०६८ को जनणगनामा देवघाटको जनसंख्या १६१३१ रहेको थियो । यस आधारमा हेर्दा देवघाटमा १० बर्षको जनगणना ०.९७ प्रतिशत ऋणात्मक रहेको छ । २०७८ को जनगणनाको प्रतिबेदन अनुसार देवघाटमा महिलाको संख्या ७६११ र पुरुषको संख्या ६९७३ रहेको छ ।

देवघाटमा २०६८ मा परिवार संख्या भने ३४३५ रहेकोमा २०७८ मा यो संख्या बढेर ३६७० पुगेको छ । देवघाट गाउँपालिकाको साक्षरता प्रतिशत ७५.४२ रहेको छ । जसमा पुरुषको साक्षरता प्रतशित ८४.२० र महिलाको साक्षरता प्रतशित ६७.४८ रहेको छ ।

देवघाटमा २०६८ को तुलनामा २०७८ मा जनसंख्यामा कमी आउनुमा नागरिकहरु सेवा सुविधाको खोजीमा शहरी क्षेत्रमा बसाई सराई नै मुख्य कारण हो । देवघाट गाउँपालिकाका धेरै नागरिक सुविधाको खोजीमा चितवनको भरतपुर र नवलपुरको गैंडाकोट लगायतको शहरी क्षेत्रमा बसाई सराई गरेका छन् । जसको कारण अघिल्लो पटकको तुलनामा यसपटक जनसंख्यामा कमी आएको विज्ञहरुले बताएका छन् ।

देवघाट गाउँपालिकाको जनसंख्यामा करिब ७० प्रतिशत संख्या वडा नम्बर ५ मा रहेको छ भने बाँकी वडाहरुमा ३० प्रतिशत मात्रै नागरिक बसोबास गर्ने तथ्यांकमा देखिएको छ ।

देवघाटको वडा नम्बर ५ बाहेक अन्य वडामा शिक्षा, स्वास्थ्य, यातयात, खानेपानी लगायतका आधारभुत आवश्यकताको सहज पहुँच नभएकै कारण ति वडामा बसोबास गर्नेको संख्या पछिल्लो समय घट्दै गएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक