मुग्लिन नजिकै कालिखोलामा पहिरो खस्यो मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

Devghat Online

शेयर गरौ

चितवन, असार २३

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा पहिरो खसेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो भर्खरै करिब सवा ४ बजेतिर खसेको हो ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिएको छ । उनका अनुसार अहिले २ वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको भएपनि पहिरो ठुलो भएको र झर्ने क्रम नरोकिएकोले पहिरो हटाई राजमार्ग सूचारु गराउन ५–६ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

पहिरोले स्थानीयको २ वटा घरमा समेत क्षति पुर्‍याएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले