कर्मचारीले खरिद गरेको थाइरोयड मेसिन आवुँखैरेनी अस्पताललाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, असार २७

तनहूँको आँबुखैरेनी गाउँपालिका सम्पुर्ण कर्मचारीहरुले गाउँपालिका अन्तर्गतको आँबुखैरेनी अस्पताललाई थायरोयड मेसिन हस्तान्तरण गरेका छन् । करिव १० लाख रुपैयाँ बराबरको उक्त क्लिया थाइरोयड मेसिन कर्मचारीहरुले खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

थाईरोयड मेसिन प्राप्त भएपछि अब देखि समयतालिका प्रकाशन गरि नियमित रुपमा थाइरोयड परिक्षण हुने हस्पतालले जनाएको छ । उक्त मेसिनले थायरोइड तथा कोभिड सहित करिव ८० प्रकारको नमुना परिक्षण गर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पारिश्रामिकबाट आवुँखैरेनी अस्पतालकोलागि थाइरोयड परिक्षण मेसिन खरिद गरिएको हो । कर्मचारीहरुले आफुले खाईपाई आएको मासिक पारिश्रमिकबाट गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको लागि उक्त मेसिन खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

यसका लागि गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुको तह अनुसार न्युनतम १० देखि ५० प्रतिशतसम्म तलब कट्टा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । आवुँखैरेनी गाउँपालिकामा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा गरि हाल करिब १३५ जना करार र दरबन्दीका कर्मचारी कार्यरत छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराईड मेसीन खरिद गरेर हस्तान्तरण गरेपछि गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । ‘यो निर्णयले अस्पतालको सेवा विस्तारमा सघाउ पुग्नेछ’–अध्यक्ष चुमानले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल