घट्यो इन्धनको मूल्य

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३१
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने नियमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ ।

हवाई इन्धन अन्तर्गत आन्तरिक तर्फ २३.८१ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ । नयाँ मुल्य सोमबार १२ बजेपछि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी