दमौली, साउन ३
तनहुँको व्यास नगरपालिकाका अपाङ्गता भएका दुई जना व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको छ । बुधबार नगर उपप्रमुख ईन्दिरा दरैले दुई जना अपाङगता भएकालाई ह्विलचेयर प्रदान गरेकी हुन् ।
व्यास नपा–१ भादगाँउका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी ७० वर्षिया मिठु बिकलाई उपप्रमुख दरैले ह्विलचेयर हस्तान्तरण गरेकी थिईन् ।



नगरपालिकाको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखा मार्फत उपप्रमुखले बिकलाई ह्विलचेयर प्रदान गरेकी थिइन् । विकको परिवारले ह्विलचेयर आवश्यक परेको भन्दै निवेदन दिएपछि प्रदान गरिएको हो । त्यस्तै रिसेडको सहकार्यमा भादगाँउका रानाभाटलाई पनि सोहि दिन ह्विलचेयर हस्तान्तरण गरिएको थियो ।
शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकाले ह्विलचेयर प्रदान गरिएको उपप्रमुख दरैले बताईन् । उनले भनिन्, ‘अपाङ्गता भएका व्याक्तिलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको छ,अङ्गपागता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गगता मैत्री वातावरण सिर्जना गदै आएको छ ।’ ह्वेलचेयर पाएपछि रानाभाटले अव बाहिर हिडडुल गर्न सहज हुने बताए ।












