देबघाटमा कालीगन्डकी नदिको तटमा पैदलमार्ग बन्ने, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गरे अबलोकन

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे
देवघाट, साउन ४

देवघाटको त्रिशुली र कालीगन्डकीको संगमस्थान बेणी संगमबाट गलेश्वर मन्दिर हुँदै सीता गुफा, कल्पवास, चक्रबर्ती मन्दिर हुँदै कालिगन्डकी नदीको तटमा पैदल मार्ग बन्ने भएको छ ।

संघीय सरकारको ८० लाख र गाउँ पालिकाको ८० लाख गरि १ करोड ६० लाखको समपुरक बजेटमा करिब २ किलोमिटर लम्बाईको उक्त पैदलमार्ग बन्न लागेको हो । सो प्रस्तावित पैदलमार्गको विहिबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले अवलोकन गरे । उक्त अवलोकनमा गाउँपालिका उपाध्यक्ष भुवन सि गुरुङ, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, गाउँपालिकाका पुर्बाधार शाखा प्रमुख इन्जिनियर राम अधिकारी, सव इन्जिनियर परिक्रमा पन्त लगायत रहेका थिए ।

उक्त पैदलमार्गको निर्माणकार्यले देवघाटको धार्मिक पर्यटनमा टेवा पुग्ने गाउँपालिका अध्यक्षले बताए । उक्त मार्गको बिच बीचमा बिश्राम स्थल पनि बन्ने छ । जसले यात्रु तथा भक्तजनलाई विश्राम गर्न सहयोग पुग्ने छ । उक्त पैदलमार्गलाई समयमै सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट हरसम्भव प्रयास गर्ने अध्यक्ष थापाले बताए ।

उक्त पैदलमार्गको बजेट सुनिश्चितुरा भईसकेको र अव चाँडै नै टेन्डर प्रक्रिया पुरा गरेर निर्माण कार्य सुरु गरिने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण