एनआरएनए माल्टाको महासचिवमा बगालेको उम्मेदवारी

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ५

यहि जुलाई ३० मा हुने गैर आवासीय नेपाली संघ माल्टाको निर्वाचनमा प्रकाश बगाले महासचिवको उम्मेदवार बन्ने भएका छन् ।

गैर आवसिय नेपाली संघ माल्टाको आगामी (२०२३-२०२५ ) कार्यकालको लागि सम्पुर्ण साथीहरूलाई सहमति र सहकार्य गर्दै एकजुट भइ मजबुत एनआरएनहरु बनाउन आग्रह गर्दा साथीहरूमा दम्भ र प्रतिशोध देखिएको हुँदा धेरै साथीहरूको सल्लाह सुझाव अनुसार आफुले महासचिव पदमा उम्मेद्बारी घोषणा गरेको बगालेले बताए ।

एनआरएनए माल्टामा विगतमा भएका कमि कमजोरीलाई सुधार गर्दै लैजान आवश्यक रहेको समेत जानकारी गराउदै बगालेले माल्टामा भएका बिकृतीहरुको विरुद्ध व्यक्तिगत र पत्रकारिता मार्फत सचेत गराउदै आइरहेको बताए ।

माल्टावासी नेपालीहरुको सुख, दुःखमा कत्ति पनि बिचलित नभई सामाजिक उत्तरदायीत्व बहन गर्ने उदेश्यका साथ यही जुलाई ३० मा हुन गहिरहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) माल्टाको आसन्न निर्वाचन (२०२३–०२५) कार्यकालका लागि सम्पूर्ण माल्टावासी दाजुभाई तथा दिदीवहिनी र अग्रजहरुको सर–सल्लाह, साथ सहयोग रहने विश्वासका साथ महासचिब उम्मेदवारी घोषणा गरेको बगालेले बताए ।

बगाले लामो समयदेखी पत्रकारितामा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा