एनआरएनए माल्टाको महासचिवमा बगालेको उम्मेदवारी

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ५

यहि जुलाई ३० मा हुने गैर आवासीय नेपाली संघ माल्टाको निर्वाचनमा प्रकाश बगाले महासचिवको उम्मेदवार बन्ने भएका छन् ।

गैर आवसिय नेपाली संघ माल्टाको आगामी (२०२३-२०२५ ) कार्यकालको लागि सम्पुर्ण साथीहरूलाई सहमति र सहकार्य गर्दै एकजुट भइ मजबुत एनआरएनहरु बनाउन आग्रह गर्दा साथीहरूमा दम्भ र प्रतिशोध देखिएको हुँदा धेरै साथीहरूको सल्लाह सुझाव अनुसार आफुले महासचिव पदमा उम्मेद्बारी घोषणा गरेको बगालेले बताए ।

एनआरएनए माल्टामा विगतमा भएका कमि कमजोरीलाई सुधार गर्दै लैजान आवश्यक रहेको समेत जानकारी गराउदै बगालेले माल्टामा भएका बिकृतीहरुको विरुद्ध व्यक्तिगत र पत्रकारिता मार्फत सचेत गराउदै आइरहेको बताए ।

माल्टावासी नेपालीहरुको सुख, दुःखमा कत्ति पनि बिचलित नभई सामाजिक उत्तरदायीत्व बहन गर्ने उदेश्यका साथ यही जुलाई ३० मा हुन गहिरहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) माल्टाको आसन्न निर्वाचन (२०२३–०२५) कार्यकालका लागि सम्पूर्ण माल्टावासी दाजुभाई तथा दिदीवहिनी र अग्रजहरुको सर–सल्लाह, साथ सहयोग रहने विश्वासका साथ महासचिब उम्मेदवारी घोषणा गरेको बगालेले बताए ।

बगाले लामो समयदेखी पत्रकारितामा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो