मुक्ति समाज तनहूँको अध्यक्षमा लामगादे

Devghat Online

शेयर गरौ

दमौली, साउन ६

नेपाल उत्पिडित जातीय मुक्ति समाज जिल्ला कमिटि तनहुँको अध्यक्षमा भरत लामगादे निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको सातौं जिल्ला अधिवेशनबाट लामगादेको नेतृत्वमा ३१ सदस्यिय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा मनोजकुमार सुवर्णकार र फुलमाया नेपाली, सचिव टोपबहादुर रामदाम, कोषाध्यक्ष कोपीला नेपाली तथा उपसचिवहरुमा रुद्रविर विक र सन्तोष विक निर्वाचित भएका छन् ।
सो अधिवेशनको मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले गरेका थिए । मुक्ति समाज तनहुँका अध्यक्ष सिताराम सुर्खालीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य सविता रसाईली, मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर परियार, एमाले केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले गन्डकी प्रदेश कमिटिका सदस्य मोहन सुनार लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा तनहुँमा जातीय मुक्तिको आन्दोलनमा महत्वपुर्ण योगदान दिनु भएकोमा मुक्ति समाज तनहुँका पुर्व अध्यक्ष रामलिला सुवर्णकारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रमको सन्चालन विकास सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण