पुष्पलाल स्मृति दिवसमा दमौली र भिमादमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ अौं समृति दिवसको अवसरमा नेकपा एमालेको आयोजनामा तनहुँको दमौली र भिमादमा बृक्षारोपण गरियो ।
दमौलीमा नेकपा एमाले जिल्ला कमिटी र भिमादमा नगर कमिटीको आयोजनामा बृक्षारोपण गरिएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक धरोहर नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवसका अवसरमा नेकपा एमाले जिल्ला कमिटी तनहुँको आयोजनामा व्यास- ४ मा रहको कालिका जंगल पार्कमा बृक्षरोप कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँका ईन्चार्ज तिलक महत, केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एक बहादुर राना, तनहुँ जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरीराज कडेंल, सचिव राजेश्वर ढकाल, उप सचिव प्रदीपराज अधिकारी, जिल्ला नेता श्रीराम कार्की, व्यास नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सीराम पान्डे लगायतका नेताहरुको सहभागिता रहेको थियो । सो अवसरमा पार्कमा विरुवा विभिन्न जात २५ वटा रोपिएको थियो ।

यस्तै भिमाद नगर कमिटीको आयोजनामा भिमाद नपा-९ मा आयोजित बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री किरण गुरुङ, गन्डकी प्रदेश कमिटीका सदस्यहरु धर्म खनाल, कृष्णकुमारी श्रेष्ठ, भिमाद नगर कमिटीका अध्यक्ष इमान थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।

२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र