आबुँखैरेनीले कक्षा ६ का विद्यार्थीको दिवा खाजा आफै व्यवस्थापन गर्ने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, साउन ७

तनहूँको आबुखैरेनी गाउँ पालिकाले कक्षा ६ का छात्रछात्राको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेकाे दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटाैती गरि कक्षा ५ सम्मलाइ मात्र उपलब्ध गराउने निर्णय गरेकाेमा आबुँखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च व्यहाेर्ने गरि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेकाे गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सरकारको निर्णयले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु मारमा परेको हुँदा गाउँ पालिकाले आन्तरिक श्रोतबाट खर्च गर्ने गरि दिवा खाजाको व्यवस्थापन गर्ने निर्णय भएको अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक