देवघाटका १२२८ गाई र गोरुलाई लम्पि स्किनको खोप

Devghat Online

शेयर गरौ

देवघाट, साउन १४

देवघाट गाउँपालिकाका १२२८ गाई र गोरुलाई लम्पि स्किन विरुद्धको खोप लगाईएको छ । लम्पि स्किन महामारीले गाई र गोरुमा समस्या भएपछि देवघाट गाउँपालिकाले लम्पि स्किन प्रभावित क्षेत्रका गाई र गोरुलाई निशुल्क खोप लगाईएको देवघाट गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक दिपक सिंह धामीले बताए । साथै लम्पि स्किनबाट संक्रमित १९९ वटा गाई र गोरुको उपचार पनि गरिएको धामीले जानकारी दिए ।

उक्त खोप लगाउनकोलागि गाउँपालिकाले ३ जना पशु पन्छीमा खोप कार्य सम्बन्धी तालिम प्राप्त ३ जना प्राविधिकलाई तिन महिनाकोलागि नियुक्ती दिएको धामीले जानकारी दिए । यस कार्यक्रमकोलागि प्रत्येक वडाका टोल विकास संस्थाहरु मार्फत १३० जना कृषकहरुको नाम तथ्यांकमा समावेश गरिएको थियो ।

त्यस्तै देवघाट गाउँपालिका भर ९ सय वटा गाईबस्तुमा एफएमडी खोप, १३ हजार ७ सय बाख्रामा पिपिआरको खोप तथा ४१० कुकुरमा रेविज विरुद्धको खोप दिईएको थियो । त्यस्तै ३५० बंगुरहरुमा अफ्रिक स्वाईन फ्लु विरुद्धको खोप लगाईएको थियो ।

गत आर्थिक वर्षमा देवघाट गाउँपालिकाको वडा नम्बर २ र ३ का ४९१ जना कृषक परिवारलाई कृषक सुचिकरणमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका