बन्दिपुरमा श्रमदानको नेतृत्व गर्दै गाउँपालिका अध्यक्ष थापा, अध्यक्षको नेतृत्वमा गाउँलेहरु श्रमदानमा

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १४

हिजो आज साना विकास निर्माणको काममा पनि स्थानीय तहको मुख ताक्ने परम्परा बढेको छ । गाउँघरमा हुने साना तिना कुलो, कुलेसो, गोरेटो, कुवा आदिको निर्माण र मर्मतकोलागि पनि स्थानीय तहकै भरपर्नु पर्ने परम्पराको विकास भएको छ । श्रमदान वा श्रम शिविरबाट सबै गाउँलेहरु जम्मा भएर एक÷दुई दिनमा सकिने कामकोलागि गाउँपालिकाको मुख ताक्ने प्रबृत्तिले विकासको कामहरु सोचे अनुसार भएको छैन ।

त्यसैकारण बन्दिपुर गाउँपालिकाले आफ्नो गाउँ ठाउँको विकासको लागि स्थानीय बासिन्दालाई नै सरिक गराउने र विकास निर्माणको काममा उनीहरुको अपनत्वको भावना विकास गराउन श्रमदानको अवधारणा ल्याएको छ । यसको नेतृत्व गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले नै गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष थापाको नेतृत्वमा शनिबार वडा नम्बर ४ को खहरे विरुवाटारमा पचासौं गाउँलेहरु श्रमदानमा सरिक भए । विरुवाटारमा सिंचाईको सविधा पु¥याउनको लागि कुलो खन्न अध्यक्ष थापा श्रमदानमा गाउँलेहरुको नेतृत्व गर्दै श्रम क्षेत्रमा उत्रिएका थिए । उनी शनिबार हातमा गैंटी र बेल्चा लिएर काममा खटिए ।

गाउँपालिकाका अध्यक्ष नै गैंटी र बेल्चा लिएर काममा खटिएपछि सबै गाउँलेहरु पनि उत्साहित भएर दिनभर काममा खटिएका थिए । विरुवाटार खहरेमा थोपा सिंचाई मार्फत तरकारी लगायत नगदेबालीको खेती गरि गाउँलेहरुको जिवनस्तर सुधार्ने योजना अन्तर्गत गाउँलेहरुको प्रतक्ष्य श्रमदानमा १३ सय मिटर लामो लागि कुलो खनिएको हो ।

पछिल्लो समय श्रमदान प्रति गाउँलेहरुमा चासो नभएको र सबैले गाउँपालिकाकै मुख ताक्ने प्रबृत्ति बढेपछि विकास निर्माणमा गाउँलेहरुको प्रतक्ष्य सहभागिता गराउन आफैले श्रमदानको नेतृत्व गरेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाको नेतृत्वमा सबै गाउँलेहरु, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधरणलाई पनि श्रमदानमा आएका थिए ।

गाउँपालिका अध्यक्ष नै श्रम शिविरमा आएपछि सबै गाउँलेहरु काम गर्न आएको आशमाया विकले बताईन् । कुलो खन्न सबैले गैंटी, कोदालो, कुटो, हसिया र बेल्चा लिएर श्रमदानमा आएको उनले बताईन् । उनका अनुसार उक्त कार्यमा प्रत्येक घरबाट सहभागिता रहेको छ ।

वडा नम्बर ६ बाट उक्त श्रमदानमा सहभागी भएका काशिनाथ भट्टराईले पनि गाउँपालिकाका अध्यक्षको आह्वानमा आफु आईतबार श्रमदानमा सहभागी हुन आएको बताए । श्रमदानको परम्परा हटिसकेको अवस्थामा बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले यसको सुरुवात गरेर सबै गाउँलेलाई विकासमा अपनत्वको भावनाको विकास गरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले