आदिकविमा जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

व्यास नगरपालिका–१ स्थित आदीकवि भानुभक्त क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा गत साउन १९ गतेदेखी सञ्चालन भएको जलवायु परिर्वतन सम्बन्धी तालिम सोमबार सम्पन्न भयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य एवं तनहुँ रेडक्रसका सभापति प्रा.डा कृष्ण प्रसाद गौतमले जलबायू परिवर्तनले ल्याएको जटिलता लाई सबैले मनन गर्ने जनस्तरमा सचेतना बृद्धि गर्नु अनिवार्य रहेको बताए । उनले युवाहरुले नै समाजमा सकरात्मक सन्देश फैलाउन मद्धत पुयाउने समेत बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जलबायु परिर्वन पृथ्वीवासीका लागि निकै पेचिलो सम्मस्या रहेको र यसका न्युनिकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्ने बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तालिममा सिकेका विषयबस्तुलाई आफ्नो क्षेत्रमा गई सिकाउन अनुरोध गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटिका गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले जलवायु परिर्वतनले देखिएका रेडक्रसले युवाहरुलाई तालिम प्रदान गदै सचेतना फैलाएको बताए । सर्कलकी अध्यक्ष सुनिता तिवारीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा तनहूँ रेडक्रसका उपसभापती नारायणी अधिकारी, रेडक्रसका मन्त्री सुर्यचन्द्र हड्खले, सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी र सागर पौडेल, आईक्यूएसि संयोजक विश्वेश्वर तिमल्सेना, लगायतको उपस्थिति रहेको थियो ।

जलवायु परिवर्तनका चुनौति विषयमा केन्द्रित रहेको सो गोष्ठीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्दै आएका ब्यास नगर भित्रका १४ क्याम्पस र विद्यालयका यूवा र जुनियर रेडक्रस सर्कलहरुका ३४ जना प्रतिनिधि विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको स्वागत सर्कलका उपाध्यक्ष सुमन खड्काले गरेका थिए भने सञ्चालन सचिव सविन लामिछानेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले