सुतीरहेको बेला घर भित्र खोला पसेपछि ….

Devghat Online

शेयर गरौ

देवघाट, साउन ३२

विहिबार विहान ३ बजेको समयमा देवघाट गाउँपालिका–४ गाईघाटका बासिन्दाहरु मस्त निन्द्रामा सुतिरहेका थिए । रातभर पानी परेपनि प्राकृतिक प्रकोपको कुनै डर नमानिकन गाउँलेहरु मस्त निन्द्रामा थिए । त्यहीबेला एक्कासी घुस्ररी खोलाको बाढी र्हकबहादुर र छिमेकी देबहादुर भुजेलको घर भित्र पस्यो । हर्कबहादुरको घर भित्र उनकी ५५ बर्षिय छोरी काली भुजेल सुतिरहेकी थिइन् । घरभित्र बाढी पसेपनि दृष्टिविहिन रहेकी काली घरबाहिर निस्कन सकिनन् । उनलाई स्थानीय प्रदिप भुजेलले घर भित्रबाट उद्धार गरेका थिए । धन्न उनलाई बाढीले घरसँगै बगाउन भ्याएन । हर्क बहादुर भने विरामी भई उपचारको लागि भरतपुर अस्पतालमा थिए । छिमेकी देउबहादुरको घरमा उनका श्रीमान श्रीमती थिए, उनीहरु बाढी आएको थाहा पाउनासाथ बाहिर निस्कन भ्याए ।

घरभन्दा केही तल बग्दै आएको खोला एक्कासी बस्ती तिर कसरी आयो भन्नेमा गाउँलेहरु अझै पनि आश्चर्यचकित छन् । ‘जस्तोसुकै बाढिमा पनि खोला बस्ती तिर आउन नसक्ने अवस्था थियो’ देउबहादुरले भने प्राकृतिक प्रकोप कसरी आउँछ केही थाहा नहुने रहेछ ।’

विहान ३ बजे घर भित्र खोलाको बाढी पसेर दुई घरमा क्षती भएको देवघाट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले बताए । खोलामा बाढी आएर खोलाले धार परिवर्तन गरि बस्ती तिर पसेको वडा अध्यक्ष गुरुङले बताए । घर भित्र खोलापसेर कुनै मानविय क्षती नभएपनि उक्त दुई घर पुर्णरुपमा क्षती भएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
उक्त बाढीले देवराज भुजेलको घर सहित गाईको गोठ, बाख्राको खोर र धारा लगाएत सबै बगाएको छ ।

उक्त घटना पश्चात गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, वडा अध्यक्ष मित्रलाल गुरुङ सहित जनप्रतिनिधि र र ईलाका प्रहरी कार्यालयका प्रहरी सहितको टोली घटनास्थलमा पुगी घटनाको अनुगमन गरि विस्तृति विवरण संकलन गरेका छन् । गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधि घटनास्थल पुग्दा बाढी सुकिसकेको थियो ।

घटनास्थलको अनुगमन पश्चात गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्राकृतिक प्रकोप कसैले छेकेर नछेकिने भन्दै यो दुखको घडीमा गाउँपालिका साथमा रहेको बताए । अध्यक्ष थापाले उक्त दुई घरको लागि तत्कालको राहतको लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, म्याट, डोरी, बाल्टिन लगाएतको सामान उपलब्ध गराए ।

गाउँपालिकाले प्राकृतिक प्रकोपबाट घर पुर्णरुपमा क्षती भएमा राहतस्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराउने नीति बनाएको भन्दै अध्यक्ष थापाले उक्त राहत लिन वडा कार्यालयको सिफारिस सहित गाउँपालिकाको कार्यालयमा आउनु पर्ने बताए । अन्य थप राहतकोलागि जिल्ला स्थित विपद् समिति मार्फत सम्बन्धित निकायमा सिफारिसको लागि पहल गर्ने अध्यक्ष थापाले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको