भारतको स्वतन्त्रता दिवसको अवसरमा देवघाटमा शुभकामना तथा अमृत भोजन

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे
देवघाट, भदौ २

भारतको ७७ औं स्वतन्त्रा दिवसको अवसरमा शनिबार देवघाटमा शुभकामना तथा अमृत भोजन कार्यक्रम आयोजना गरियो । नेपाल–भारत आदिवासी तथा जनजाती मैत्री संघ द्वारा आयोजित सो कार्यक्रम देवघाट स्थित गलेश्वर आश्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष बिनोद कुमार गुरुङ, देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाल–भारत सम्बन्धको महत्वको बारेमा धारणा राखेका थिए ।

सो कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्यहरु कमला गुरुङ, सरस्वती परियार, बुद्धि ब.पाण्डे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन सन्जिब गिरिले गरेका थिए भने बटुकहरुले स्वस्ती बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।